विमानस्थलसम्म सार्वजनिक बस, तीन–तीन मिनेटको फरकमा सञ्चालन
पाेखरा | पुस १९, २०७९
कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रुलाई आवतजावत सुविधा दिन सार्वजनिक बस सेवा सञ्चालन गरिएको छ। विमानस्थलभित्र तीन–तीन मिनेटको फरकमा दुईवटा बस सञ्चालन गरिएको हो। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटीओ रोड–बिरौटा चोक–राष्ट्रबैङ्क चोक हुँदै फिस्टेल गेटसम्म चारवटा बस १०–१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म ‘नन स्टप’ सञ्चालन गरिएको हो।
पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो। यसले निजी सवारीसाधन नभएका यात्रुका लागि सहजता पुग्ने विश्वास पालिका प्रमुख आचार्यले गर्नुभयो। “निजी सवारी भएका यात्रु सिधै विमानस्थलमा जान सक्ने भए पनि पोखरामा चल्ने नगर बसबाट विमानस्थल पुग्न लामो समय खर्चिनुपर्छ।
नगर बसहरू विभिन्न चोकमा रोकिँदै बजार घुमेर जाने भएकाले यात्रुलाई समस्या रहेको थियो। यही समस्याको समाधानका लागि सिधै विमानस्थलमा पुग्ने गरी सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। महानगरपालिकाले एयरपोर्टदेखि लेकसाइड जान वैकल्पिक सडक प्रयोग गर्ने तयारी गरेको छ। एयरपोर्टबाट आउने पर्यटकलाई औद्योगिक क्षेत्र गेटको प्रहरी बिट–एयरपोर्ट अगाडिबाट मिलनटोल, रामबजार, चोरसाँघुको वैकल्पिक बाटो हुँदै बिरौटा चोकबाट फिस्टेल गेटसम्मको सेवा दिन खोजिएको छ। वडा नं। १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले तत्कालका लागि परिकल्पना गरिएको बाटो भएको र पछि प्लानिङमा तलमाथि भए पनि मूल बाटोभन्दा सहायक बाटोबाट सहज ढङ्गले सेवा प्रवाह गर्ने प्रयास गरिने बताउनुभयो।
एयरपोर्टदेखि एयरपोर्ट गेटसम्मका लागि दुईवटा गाडी र एयरपोर्ट गेटबाट वैकल्पिक बाटोका लागि चारवटा गाडी व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ।
“पृथ्वी चोक क्षेत्रमा ज्यादा सवारीसाधनको भीडले जाम हुन्छ तसर्थ वैकल्पिक बाटोको व्यवस्था गर्न लागिएको हो,” उहाँले भन्नुभयो। महानगरपालिकाले नयाँ विमानस्थल सञ्चालन व्यवस्थित गर्न सरोकारवाला र पर्यटन व्यवसायीसँग छलफल तथा अन्तक्र्रिया गरेको छ।

सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

